Lumbini Provincial Government

Ministry of Agriculture, Land Management and Cooperatives

Rapti Valley (Deukhari), Nepal

कार्यविवरण

क) भूमि व्यवस्था शाखा :

१. भूमि प्रशासन, भमि सुधार, जग्गा नापजाँच सम्वन्धि प्रशासन, भू-उपयोग सम्बन्धि निति तथा व्यवस्थापन तथा चक्लावन्दि सम्वन्धि प्रादेशीक निति कानून तथा मापदण्डको तर्जुमा, कार्यान्यन र नियमन ।

२. सरकारी जग्गा, सार्वजनिक जग्गा, पर्ति जग्गा, गुठी जग्गाहरुको प्रादेशिक अभिलेख व्यवस्थापन तथा संरक्षण,

३. मालपोत रजिष्टेशन, जग्गा दर्ता, जग्गाको मूल्यांकन, जग्गा प्रशासन, दाखिला खारेज, स्वामित्त्व हस्तान्तरण, जग्गाको हदबन्दी सम्बन्धि प्रादेशिक निति तथा मापदण्ड तर्जुमा र कार्यान्यन,

४. सुकुम्वासी, मुक्त कमैया, कम्लहरी, हलिया, हरवा, चरवा लगायत भूमिहिन वर्गको स्थाई वसोवास, जिविकोपार्जनको लागि प्रादेशिक निति कानून तथा मापदण्ड तर्जुमा कार्यान्वयन र नियमन,

५. भूमि व्यवस्था सम्वन्धि कर्मचारीहरुका लागि प्रादेशिक सेमिनार, गोष्ठी तथा तालिम सम्बन्धि निति तर्जुमा, कार्यान्यन र नियमन,

६. केन्द्रिय सरकारबाट प्राप्त हुने नक्शा, भौगोलिक सूचना एंव अभिलेखहरुको आधारमा प्रादेशिक नाप नक्शा र अभिलेखलाई वैज्ञानिक व्यवस्थापन तथा संरक्षण ।

७. नाप नक्साको नियन्त्रण विन्दुको स्थापना तथा संचालन।

८. कित्ता नापी र भूमिलगत सम्वन्धि मापदण्ड निर्धारण र कार्यान्वयन ।

९. सरकारी जग्गा लिजमा दिने सम्वन्धि निति कानून तथा मापदण्ड तर्जूमा, कार्यान्वयन र नियमन ।

१०. सवै प्रकारका गुठी जग्गाहरुको व्यवस्थापन सम्वन्धि निति, कानून, मापदण्ड तथा योजना तर्जुमा कार्यन्वयन र नियमन एवं सो जग्गाहरुको तथ्यांक सूचना संकलन, संरक्षण एवं अभिलेख व्यवस्थापन ।